गोरखामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पोखरा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-१ को निवेलमा भएको दुर्घटनामा सप्तरीका लक्ष्मीकान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घ्याम्पेशालबाट निवेल तर्फ जाँदै गरेको भे. ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो । चौधरीको शव गोरखा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *