प्रधानमन्त्रीले गरे एसईई दिने विद्यार्थीको उज्ज्वल भविष्यको कामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन् ।

साथै प्रधानमन्त्रीले परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल गरे ।

एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =