हिमाल चढ्ने सिजन सुरु, अन्नपूर्णमा आकर्षण

पाेखरा । चालू सिजनमा गण्डकी प्रदेशका हिमाल चढ्ने आरोहीहरु बढी छन् । मार्च २८ सम्मको विवरण अनुसार ४ वटा हिमालमा आरोहीले आरोहणको अनुमति लिएका छन् । देशमै सबैभन्दा बढी अन्नपूर्ण आरोहणको अनुमति लिनेहरु छन् ।

अन्नपूर्ण (प्रथम) चढ्नका लागि ५ वटा कम्पनीबाट ३८ पुरुष र १६ महिला सहित ५४ जनाले आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

हालसम्म देशभरका १० वटा हिमाल आरोहणका लागि १ सय ४२ ले अनुमति लिएका हुन् । मनास्लु आरोहणका लागि ४ वटा समूहबाट १२ पुरुष र ३ महिला सहित १५ जनाले अनुमति पाएका छन् ।

यस्तै, थोरङ पिक चढ्न ५ जना र हिमलुङ हिमाल चढ्न १२ जनाले अनुमति पाएका छन् । यो सिजनमा सगरमाथापछि सबैभन्दा बढी आम्दानी गर्ने हिमाल अन्नपूर्ण भएको छ । सगरमाथामा ३१ आरोहीले आरोहणका लागि ३ करोड ३ लाख तिरेका छन् । अरु हिमालभन्दा सगरमाथा चढ्न बढी महँगो छ ।

अन्नपूर्ण चढ्न पर्यटकले १ करोड ३९ लाख रुपैयाँ  तिरेका छन् । मनास्लुका लागि ३५ लाख ४३ हजार, थोरङ पिकका लागि १ लाख ६३ हजार र हिमलुङ हिमालका लागि ७ लाख ८७ हजार तिरेका हुन् । यो सिजनको हिमाल चढ्न विभिन्न ३३ देशका नागरिकहरुले अनुमति लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *