मन्त्रीको नाम टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा जारी

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराइमा बसिरहेको छ । कांग्रेसमा पाएको मन्त्रालयभन्दा आंकक्षी बढी देखिएपछि मिलाउनका लागि शीर्ष नेताहरूको बैठक बसेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बैठकबारे भने, ‘कसलाई कसलाई पठाउने भनेर बैठक बसेको हो । मिलाएर सबैलाई समेटेर लानुपर्ने छ ।’

हालसम्म पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ८ जना मन्त्रीहरूको मन्त्रालय र नाम बुझाउन सकेको छैन । यसले गर्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =