पाउने मन्त्रालयमा सहमति नजुटेपछि बालुवाटारबाट बाहिरिए शीर्ष नेता, प्रचण्ड चितवनमा

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । कुन दलले कुन-कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लगाउन बसेको बैठक सकिएको हो ।

दलहरूले पाउने मन्त्रालय सङ्ख्याबारे सहमति जुटिसकेको भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन् । बैठकमा सहमति जुट्न नसकेपछि गठबन्धनका नेताहरू बालुवाटारबाट बाहिरिएका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री चितवन गएका हुन् । अब प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ । यो बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्ने नेताहरूको भनाई छ ।

कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक/एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *