सत्ता साझेदार दलको बैठक जारी, केही पार्टीबाट आजै मन्त्री बनाउने तयारी 

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबण्डाका विषयमा छलफल भइरहेको छ ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि आज बिहान पनि बैठक बसेको थियो । बिहान बसेको बैठकमा पार्टीहरूलाई केही मन्त्रीको नाम बुझाउन भनिएको थियो ।

२६ फागुनमा विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विभिन्न पार्टीका केही मन्त्रीलाई आजै शपथ गराउने तयारी छ । त्यसका लागि बैठकमा छलफल भइरहेको छ । सचिवालयले भन्यो, ‘कुरा मिले एक दुई जना आजै मन्त्री बनेर शपथ खानुहुने छ । आज नभए भोलि चाहिँ फाइनल हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =