जनतालाई लघुवित्तले नै ऋण दिनुपर्छ : सांसद श्याम घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरूले नै गर्नुपर्ने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद घिमिरेले सर्वसाधारण जनतासमक्ष ऋण पुर्‍याउने एक मात्र आधार लघुवित्त कम्पनीहरू भएको भन्दै यसैले सर्वसाधारणहरूलाई ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन् ।

उनले बैंकहरुले लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र लघुवित्तले पनि सर्वसाधारणलाई सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

‘गाउँ गाउँसम्म, साधारण जनतासमक्ष पैसा पुर्‍याउनको निमित्त, ऋण पुर्‍याउनको निमित्त लघुवित्त कम्पनीहरू नै एक मात्र आधार हो भन्ने कुरा दक्षिण एसियामा साबित भइसकेको छ,’ उनले भने, ‘लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर सरकारले अर्थात् बैंकहरुले ऋण उपलब्ध गराएर जनतामा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरूलाई नै यसमा अगाडि ल्याउनुपर्छ भन्ने मेरो धारणा छ । र तत्काल कानुनको निर्माण गरी यो काम सुरुवात गरियोस् भन्ने मेरो आग्रह छ ।’

उनले ठगी धन्दामा संलग्नहरूका लागि छुट्टै कानुनको निर्माण गरेर कानुनी कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *