प्रतिनिधिसभामा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसदकाे सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए ।

‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न’, उनले भने, ‘संसद हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *