प्रधानमन्त्रीकाे आग्रहमा नेकपा एसले मन्त्री बनाउन पठायाे प्रकाश ज्वालाकाे नाम

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आग्रहमा नेकपा एसले आफ्नाे पार्टीबाट मन्त्री बनाउन नेता प्रकाश ज्वालाकाे नाम पठाएकाे छ । पहिलाे चरणमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीबाट मन्त्री बन्ने एक जनाकाे नाम शीघ्र पठाउन अध्यक्ष माधनव कुमार नेपाललाई आग्रह गरेका थिए । लगत्तै अध्यक्ष नेपालले  बुधबार नै पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठक राखेका थिए । बैठकले पहिला ज्वालाकाे नाम पठाउने सहमति गरेकाे पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्रीले एक जनाको नाम दिनु भनेर दिएका छौँ । अरूको पनि नाम टुङ्गिन्छ ।’

प्रधानमन्त्रीले नेकपा एसका ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।

यस्तै, एसबाट उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री हुने सूचीमा छन् । उनको नाम फाइनल भएपनि मन्त्रालय भने टुंगाे लागिसकेकाे छैन । एसले ३ मन्त्रालय दाबी गरेको छ ।

१० दलीय गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एसकाे भागमा दुई मन्त्री र एक राज्यमन्त्री मात्र पाउने सम्भावना छ ।

मन्त्रालयकाे सङ्ख्या कम र सत्ता गठबन्धनमा रहेका दल र आंकक्षीकाे संख्या बढी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =