भारतमा एक नेपालीको मृत्यु
२०७९ चैत १४ गते

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा एक नेपालीको मृत्यु भएको छ।
मजदुरी गर्न पुगेका बैतडीको डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको हो।
सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर उनको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको परिवारले बताएका छन्।
मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको छ।
मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ।
२०७९ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








