थ्री नेसन्स कप : भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानसँग बराबरी खेलेकाे छ ।

दशरथ रंगशालामा साँझ भएको खेलको पहिलो हाफमा भुटानले नेपालविरुद्ध एक गोल गरेको थियो ।

दोस्रो हाफको अन्तिम समयमा नेपालले भुटानविरुद्ध १ गोल गरेको हो । याे खेलबाट भुटान बाहिरिएकाे छ । नेपाल भने फाइनलमा पुगेकाे छ ।

अब प्रतियोगिताको उपाधिका लागि चैत्र १७ गते नेपाल र लाओस भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *