थ्री नेसन्स कप : पहिलाे हाफमा नेपालविरूद्ध भुटानकाे एक गाेल (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आफ्नो दोस्रो तथा लिग चरणको अन्तिम खेलमा आज मंगलबार नेपाल र भुटान प्रतिस्पर्धा गरिरहेका छन् ।

तीन राष्ट्र सहभागी भएको यस प्रतियोगितामा, आफ्नो पहिलो खेलमा लाओसलाई २-० ले हराएको नेपाललाई फाइनल पुग्न बराबरी खेले मात्र पुग्नेछ । तर भुटानलाई भने आफ्नो पहिलो खेल लाओस सँग २-१ ले हारेकोले फाइनलमा पुग्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ६ बजेदेखि सुरु भएको खेलमा नेपाल र भुटान एक अर्काको सामना गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म भुटानले पहिलो हाफमा नेपालविरूद्ध १ गोल गरेकाे छ । नेपाललाई दबाब बढेको छ ।

नेपाल र भुटान बिच हालसम्म १२ वटा खेल भएको छ । जसमा नेपालले भुटानविरुद्ध १२ खेलमा १२ नै जित हासिल गरेको छ । सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको यस प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते अन्तिम खेल्ने छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *