इन्जिनियर लाइसेन्स परीक्षामा १९८१ मध्ये ५६५ जना पास

काठमाडाैँ । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् । मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी
गराएको हो । परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरुमात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम शाहीले बताए ।

उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए । उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो । उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।

‘हाम्रो ऐन अनुसारले हामीले नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरहरूले दर्ता हुन दिनुपर्ने एक्जाम १२ र १३ चैतमा लिएका थियौँ,’ शाहीले भने, ‘यसमा १९८१ जना विद्यार्थीहरू उपस्थित रहनुभएको थियो । जसमा ५६५ जना पास हुनुभएको छ । त्यसमध्ये धेरैजसो २० वटा विधामा जाँच भएकोमा सबैभन्दा
धेरै सिभिल इन्जिनियरिङमा ११५३ जना हुनुहुन्थ्यो । यो नतिजा लगभग साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । उत्तीर्णाङ्क ५० प्रतिशत हो ।’

इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको अध्यक्ष शाहीले बताए । इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *