बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बिहान बालुवाटार पुगेका हुन् ।

भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *