जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण अहिलेको व्यवस्था नै हो : सांसद शाही

सुर्खेत । जनताको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले बताएकी छन् । कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै उनले जनताको अवस्था परिवर्तन गर्न नसक्ने यस व्यवस्थाको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीले खोजिरहेको बताइन् ।

उनले भनिन्, ‘हामीले पटक पटक भन्ने गरेका छौ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघियताको खारेजी, अभिभावकिय संस्थाको रुपमा राजसंस्था साथै हामी केन्द्रीय तथा स्थानीय सरकारको पक्षमा उभिएका छौ । त्यसैले होला अहिले संस्था र पद केन्द्रित गणतान्त्रिक सरकारले जनताको अभिव्यक्तिको स्वतन्त्रतालाई ध्वजी उडाउँदै मुख थुनेर बोल्न नदिने निरङ्कुस र तानाशाही प्रवृतिको शैली अपनाएको छ । यसका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी घोर आप्पती र खेद प्रकट गर्दछ ।’

प्रदेश सभामा बोल्दै सांसद शाहीले प्रदेश सरकार र स्थानीय सरकारको बजेट अक्तियारले छानविन गर्दा समेत यसै निकायलाई प्रभाव पार्ने काम भइरहेको र यसतर्फ अविलम्ब सम्बन्धित निकायको अनुसन्धान गरि भ्रष्टचारीलाई कार्वाही गर्न पनि माग गरिन् ।

उनले भनिन्, ‘सिरानी फेर्दैमा विरामी फेरिदैन त्यसैले हाम्रो धर्म मेटिए संस्कृती मेटिन्छ र हाम्रो संस्कृती मेटिए हाम्रो सभ्यताको मुल सुक्दछ भने हाम्रो संस्कृती र सभ्यता मेटिए हामी र हाम्रो देशको पहिचान तथा अस्तित्व मेटिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै भ्रष्टचारको केन्द्रको रुपमा रहेको अहिलेको शासन प्रणाली, कार्यकर्तामुखि विकास बजेट उपभोक्ता समिती मार्फत सिमित कार्यकर्तालाई पोसिन्छ । यहि हो त ? जनताले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्रात्मक सरकारको चरित्र ?’

स्थानीय निकायमा भइरहेका अवैधानिक नदिजन्य पदार्थको उत्खनन्ले व्यपक रुपमा राजश्वको दोहन भइरहेको र यसको छानविन गरि कार्वाहीका लागि ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘नेपाल मात्र एउटा यस्तो देश भयो जहाँ कर तर विकास छैन । प्रहरी छ, सुरक्षा छैन । अदालत छ तर न्याय छैन । मुलुक छ तर भरोसा छैन । हामी कस्तो प्रजातान्त्रीक अवस्थामा बाचिरहेका छौ ? कहिलेसम्म हामी यसरी सास्ती खेपिरहनुपर्ने हो ? अहिलेसम्म बनिरहेका ऐन कानुनले जनताको पक्षमा न्याय र अनुभुती गर्न सकिरहेका छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *