तयार हुँदै सेतो मछिन्द्रनाथको रथ (तस्बिरहरू)

काठमाडौँ। चैत्र १५ गतेदेखि सुरु हुने श्री सेतो मछिन्द्रनाथको रथ यात्राको लागि अहिले जमल तीनधारामा रथ निर्माण कार्य भइरहेको छ। ३२ फिट अग्लो काठको उक्त रथ हरेक वर्ष जात्रा सुरु हुनुअघि तीनधारामा तयार पारिन्छ ।

आर्य अवलोकितेश्वरको नामले समेत चिनिने सेतो मछिन्द्रनाथको जात्रा काठमाडौँमा चैत्र शुक्ल अष्टमीमा सुरु भई पाच दिनसम्म चल्दछ । पहिलो दिन जमलबाट सुरु हुने रथयात्रा रत्नपार्क हुँदै भोटाहिटी, असन, मरुहिटी र जैसीदेवल, लगनटोल र वसन्तपुर हुँदै पाच दिनमा सकिन्छ ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *