विश्वकप छनोट प्लेअफ : आज अमेरिका र नामिबिया भिड्दै

२०७९ चैत १२ गते

काठमाडौँ । आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट नामिबियामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भइसकेको छ ।

२०७९ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित