पालिकाभरिको जनसङ्ख्या ४ सय भन्दा कम

पोखरा । नेपालमा यस्तो पालिका पनि छ, जहाँको जनसङ्ख्या ४ सय भन्दा कम छ । मनाङको नार्पाभूमि गाउँपालिकाको जनसङ्ख्या नयाँ जनगणना अनुसार ३ सय ९६ कायम गरिएको हो ।

पुरुष १ सय ६९ र महिला २ सय २७ जना छन् । अघिल्लो जनगणना अनुसार यहाँको जनसङ्ख्या ६ सय १५ थियो । ५ वटा वडामध्ये एउटा वडामा मात्रै १ सय जनसङ्ख्या कटेको छ । बाँकी ४ वटा वडामा सय भन्दा कम जनसङ्ख्या छ । वडा नम्बर १ मा ७३, २ मा १ सय १, ३ मा ८३ जना, ४ नम्बर वडामा ८८ जना र ५ नम्बर वडामा जम्मा ५० जना जनसङ्ख्या छ । पालिकाभरि २७ जना अपाङ्गता भएका नागरिकहरू छन् । पालिकाभरि १ सय २६ घरधुरी छन् ।

त्यसो त मनाङ जिल्ला नेपालमै सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला हो । अहिलेको जनगणना अनुसार मनाङको जनसङ्ख्या ५ हजार ६ सय ५८ मात्रै छ । त्यसमध्ये पुरुष ३ हजार १ सय ९२ र महिला २ हजार ४ सय ६६ जना छन् ।

मनाङको नासों गाउँपालिकामा सबैभन्दा धेरै १ हजार ६ सय ७१ जनसङ्ख्या छ भने सदरमुकाम समेत रहेको चामेमा १ हजार २ सय ७६ जनसङ्ख्या छ । मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ५ सय ९५ जनसङ्ख्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *