सुपरमादी जलविद्युत आयोजना पूरा, प्रसारण लाइनमा जोडियो

पोखरा । मादी नदीमा निर्माण भएको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाबाट उत्पादन भएको बिजुली शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हो ।

उक्त आयोजना कास्कीकै सबैभन्दा ठूलो आयोजना हो । व्यावसायिक उत्पादन भने १५ दिनपछि सुरु हुने आयोजनाको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए । शनिबार बिजुली पोखरा स्थित लेखनाथ सवस्टेसनमा जोडिएको छ । यस आयोजनालाई निजी क्षेत्रबाट निर्माण गरिएको दोस्रो ठूलो आयोजनाका रूपमा दाबी गरिएको छ ।

८ अर्ब ७० करोड लागतमा आयोजना पूरा गरिएको आयोजनाले जनाएको छ । कोरोना र बैंकको ब्याजका कारण लक्ष्यभन्दा डेढ अर्ब बढी लागत परेको ढुंगानाले बताए । २०७५ मंसिरदेखि निर्माण सुरु भएको आयोजना २०७८ चैतमा सम्पन्न गर्ने लक्ष्य थियो । अघिल्लो वर्षको बाढीका कारण पनि १ अर्बभन्दा बढीको क्षति भएको निर्माण कम्पनीको दाबी छ । आयोजनामा ७ वटा बैंकको लगानी छ । वार्षिक २ सय ४२ दशमलव ६५ मेगावाट घण्टा बिजुली उत्पादन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *