इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लबलाई

कोशी प्रदेश । इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङले जितेको छ ।

इटहरी रंगशालामा आज सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले दोश्रो पटक उपाधी जितेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निणर्य पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोज राईको प्रहार बाहिरिएपछी सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधीसंगै नगद १० लाख र उपबिजेता चर्च ब्वाइजले ५ लाख हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हँदै नगद १ लाख प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *