गण्डकी सरकारलाई कांग्रेसको सुझाव : बहुमत गुमाएपछि राजीनामा दिनू, दूरगामी असर पर्ने निर्णय नगर्नू

पोखरा । नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ ।

शनिवार पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारलाई राजीनामा दिन आग्रह गरेको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा परिसकेको छ ।

दलका नेता सुरेन्द्र पाण्डेले भने, `अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ ।´

उनले कामचलाउ सरकारले दूरगामी असर पर्ने निर्णय नगर्न र अनावश्यक दायित्व सिर्जना भए उक्त दायित्व नयाँ सरकारले नलिने चेतावनी दिएका छन् । `कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी सरुवा–बढुवा, नियुक्ति लगायतको काम गर्नु न्याय संगत मानिँदैन,´ उनी भन्छन्, `यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतका दायित्व सिर्जना भए त्यस्ता दायित्व नयाँ सरकारले लिन बाध्य नहुने जानकारी गराउँदछु ।´

शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले समर्थन छोडेपछि खगराज अधिकारी नेतृत्वको सरकारले बहुमत गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *