गाउँपालिका महासंघ गण्डकीको अध्यक्षमा ओझा

पोखरा । गाउँपालिका महासंघ गण्डकीको अध्यक्षमा एमालेका नवराज ओझा चयन भएका छन् ।

५८ गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको भेलाले रूपा गाउँपालिकाका अध्यक्ष ओझालाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा पनि एमालेबाटै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, सचिवमा कांग्रेसबाट तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, सहसचिवमा कांग्रेसकै माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी चयन भए ।

कोषाध्यक्षमा नेकपा माओवादीबाट गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना चयन भएका छन् । महासंघको विधानमै पहिलो पार्टीले अध्यक्ष र उपाध्यक्ष, दोस्रो पार्टीले सचिव र सहसचिव तथा तेस्रो पार्टीले कोषाध्यक्ष पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *