गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

पोखरा । नेकपा माओवादीले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । आजै कांग्रेससँग अनौपचारिक छलफल गरेको थियो ।

छलफलका क्रममा माओवादीलाई पहिलो कार्यकाल मुख्यमन्त्री दिन आग्रह गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसार आजै ५ बजे माओवादीले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ ।

त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेशसभामा बुझाउने चुमानले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *