वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
२०७९ चैत १० गते

काठमाडौँ । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ताम्राकारको ८६ वर्षको उमेरमा गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो ।
वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन् । रेडियो पत्रकारितामा उनको अतुलनीय योगदान छ । ताम्राकारको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
२०७९ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








