सेयरको इन्साइडर ट्रेडिङ गरेको आरोपमा ऊर्जा व्यवसायी गुरु न्यौपानेविरुद्ध मुद्दा

काठमाडौँ । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सिफारिसमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

न्यौपानलेले धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै बोर्डले उनीविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो ।

न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँको विगो दाबीसहित मुद्दा दायर गरेको हो ।

रिडी पावर कम्पनी लिमिटेडको बोर्ड अध्यक्ष रहेका बखत न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरी ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत रुपमा कमाएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको हो ।

२४ मंसिरमा दुवै उनलाई कारवाही गर्ने निर्णय बोर्डले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *