कोशी प्रदेश उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न महासंघको अधिवेशनले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् ।

सुवास आचार्य कोषाध्यक्ष चयन भएका छन् । यस्तै कार्यसमितिको सदस्यहरूमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगत संघबाट राजन श्रेष्ठ र दीपक पाण्डे सदस्य भए । एशोसिएट्सबाट सदस्यमा रविकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताले जानकारी दिए ।

निर्वाचन समितिले उम्मेदवारको नामावलीमा कसैको दाबी विरोध नपरेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध अध्यक्ष चयन भएका राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *