मुस्ताङमा बसको ठक्करले १ जनाको मृत्यु

पोखरा । मुस्ताङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा भे १ ख २७५४ नम्बरको बसले ठक्कर दिँदा तनहुँकी खीनुमाया श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते ७६ वर्षकी श्रेष्ठलाई उपचारका लागि बेनी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनााएको छ ।

यस्तै, मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बा ४ ख ८९१७ नम्बरको बसको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् । बारागुङ गाउँपालिका १ खिंगाकी ५१ वर्षीया कार्तिक गुरुङ घाइते भएकी हुन् । उनको जोमसोममा सामान्य उपचारपछि थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *