एकदिवशीय क्रिकेटको वरियतामा नेपालको थप सुधार, ओमानलाई पछि पार्यो


नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको छ। यसअघिको वरियतामा १६ औं स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो।
पछिल्लो पटक नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ को १२ मध्ये ११ खेलमा जित हात पारेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले मंगलबार सार्वजनिक गरेको एकदिवसीयतर्फको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको हो।
नेपालले वरियतामा ओमान, नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँग लिग–२ को सिरिज खेल्नुअघि १९ औं स्थानमा थियो।
अघिल्लो साता १६ औं स्थानमा उक्लिएको पपुवा न्युगिनी र युएईसँगको दुई सिरिजको नतिजाले वरियतामा सुधार ल्याएको हो।
नेपालभन्दा पछि ओमान १६औं, नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
नयाँ वरियतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ।
यस्तो छ शीर्ष २० को वरियता
