प्रधानमन्त्रीद्वारा गोरखा पुगेर सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार नगरपालिकामा रहेकाे पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

मंगलबार गोरखा पुगेर उनले सो सडकको पूजापाठसहित शिलान्यास गरेका हुन् । उनीसँग पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत थिए ।

यस्तै, गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतको पनि सहभागिता रहेको थियो । यो योजनाको लागत ८० करोड रुपैयाँ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =