बाघको आक्रमणबाट बर्दियामा दिदी-बहिनीको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ ।

बर्दियामा पाटे बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढा क्षेत्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *