नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ आज
२०७९ चैत ६ गते

काठमाडौँ । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ
। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








