किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

पोखरा । १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुराचारग भएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।

अभिभावकसँग समन्वय गरेर प्रहरीले आरोपी पक्राउ गरेको हो । प्रहरीकै सक्रियतामा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

जाहेरी लगत्तै बालकलाई नियन्त्रणमा लिई बाल यौन दुराचारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *