कास्कीका क्याम्पसमा खुलेनन् ताला, तालाबन्दी गर्नेहरु नै भन्छन्ः निर्वाचनको पक्षमा छौँ

पोखरा । देशैभर अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन धमाधम भैरहेको छ । तर पोखराका ६ वटै क्याम्पसमा तालाबन्दी छ । चुनाव भएन ।

देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा निर्वाचन समितिले बदमासी गरेको भन्दै ४ विद्यार्थी संगठनले ताला लगाएका छन् । पश्चिमाञ्चल इन्जिनियरिङ संस्थान लामाचौर र वन विज्ञान अध्ययन संस्थानमा नेविसंघको तालाबन्दी छ । विन्दुवासिनी संस्कृत विद्यापीठमा अनेरास्ववियु र अनेरास्ववियूको तालबन्दी छ ।

जनप्रिय क्याम्पसमा पनि नेविसंघले नै ताला लगाइदिएको छ । उता नर्सिङ क्याम्पसमा सरकारी कर्मचारी स्ववियु चुनावमा भाग लिएको भन्दै उच्च अदालतले अहिले चुनाव रोक्न अन्तरिम आदेश दिएको छ ।

पीएन क्याम्पसमा निर्वाचन समितिले विद्यार्थी संगठनको नाम गलत प्रकाशन गरिदिएपछि उक्त काम विरुद्ध उदालतमा उजुरी परेको थियो । उच्च अदालतले तत्कालका लागि चुनाव रोक्न भनेको छ । पिएनमा ताला लगाउने विद्यार्थीहरुले भने पत्रकार सम्मेलन गरेर आफु स्ववियु चुनावको पक्षमा रहेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) विप्लव, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) संयुक्तले कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै स्ववियु कार्यालय तालाबन्दी गरेका थिए । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरेर क्याम्पस प्रशासनले नै चुनाव गर्ने तदारुकता नदेखाएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *