पोखरामा परिवारकै सदस्यबाट यौन हिंसा, पीडित पक्षले दियो प्रहरीमा उजुरी

पोखरा । परिवारकै सदस्यबाट यौनजन्य हिंसा भएको भन्दै सामाजिक सञ्जालबाट न्याय मागिरहेकी पोखराकी एक किशोरीको पक्षबाट प्रहरीमा उजुरी परेको छ । कास्की जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षबाट उजुरी दर्ता भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

ती किशोरीले आफ्नै परिवारको सदस्यबाट अनैतिक रूपमा यौनजन्य गतिविधि गरेको बताएकी छिन् । आफू हिंसामा परेको र न्यायका लागि कसैलाई भन्न नसकेको उनको भनाई छ । उनले आफू डिप्रेसनमा रहेको र परिवारले मामाघरमा राखिदिँदा उल्टै मामाघरको भाइले नै यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

आफू निरन्तर तनावमा परेको तर न्याय नपाएको उनले बताएकी छिन् । पीडित किशोरीको भिडियो सूचना अहिले सामाजिक सञ्जालमा पोस्ट भएका छन् । अधिकारकर्मीहरूले पीडित किशोरीको न्यायका लागि प्रहरीलाई दबाब दिएका थिए । प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *