स्याङ्जाकाे सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी, अध्यक्षमा सन्जोग थापा

पोखरा । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मत अन्तरले पराजित गरी उनी निर्वाचित भएका हुन् । थापाले ५१ र अधिकारीले ४० मत पाए ।

अन्य पदाधिकारी र सदस्यहरूमा पनि अनेरास्ववियुकै उम्मेदवार विजयी भएका छन् । सचिवमा कुसुम ढकाल, कोषाध्यक्षमा रेश्मी नेपाली, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *