इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता आजदेखि

विराटनगर । विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । प्रतियोगिता नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा आजदेखि ७ गतेसम्म हुने भएको हो ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेशनले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि-२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभरको १ र ३ वटा टि-२० प्रतियोगिता हुने उनको भनाई छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट रुविना क्षेत्रीको कप्तानीमा प्रतियोगता हुनेछ । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *