राष्ट्रिय क्रिकेट टिमलाई आज दशरथ रंगशालामा सम्मान गरिँदै

२०७९ चैत ४ गते

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिने भएको छ । ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले क्रिकेट टिमलाई सम्मान गर्ने भएको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई आज साँझ सम्मान गरिने एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल अघि क्रिकेट टिमलाई सम्मान गरिने भएको हो ।

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित