किरियापुत्री सांसदले गरे मतदान (तस्बिरहरु)

काठमाडौँ । किरियापुत्री सांसद प्रकाश बरालले भोट हालेका छन् । उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी मतदानमा गण्डकी प्रदेशका सांसद बरालले भोट हालेका हुन् ।

उनी बिहान जहाज चढेर काठमाडौँ आएका छन् । पोखरा २२ घर भएको सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो ।

मतदान दिउँसो दिउँसो ३ बजेसम्म जारी रहनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *