उपराष्ट्रपतिमा भोट हाल्न काठमाडौँ उडे किरिया बसेका सांसद बराल

पोखरा । उपराष्ट्रपतिमा मतदानका लागि किरिया बसेका गण्डकीका सांसद प्रकाश बराल जहाज चढेर काठमाडौँ गएका छन् । पोखरा २२ घर भएको सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो ।

आज उपराष्ट्रपति चुन्न मतदान हुने भएपछि उनी केही बेरअघि बुद्ध एअरको जहाज चढेर काठमाडौँ उडेका हुन् । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *