मुस्ताङ जाने बाटो दैनिक ५ घण्टा बन्द हुने

पोखरा । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी-जोमसोम कोरला सडक खण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको क्रममा रहेको यो सडक आजदेखि दैनिक ५ घण्टा बन्द गरेर काम गर्न लागिएको हो ।

प्याकेज म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिका ३ रुप्से सडक खण्डमा बेलीब्रिज राख्ने, पहिरो रोकथाम र सडक विस्तारको काम भइरहेकोले सडक बन्द गर्न लागिएको हो । अबदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म सडक बन्द हुने छ ।

चैत १४ गतेसम्म पहिलो चरणमा सडक बन्द गरेर काम हुने र त्यसपछि नयाँ सूचना आउने म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए । ३ वर्षअघिको बर्खाले यो सडक अस्तव्यस्त बनाएको छ ।

उक्त कामका लागि ३ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको छ । मुक्तिनाथ निर्माण सेवाले निर्माणको ठेक्का पाएको हो । जलवायु परिवर्तनका कारण यस क्षेत्रमा विकास निर्माणमा समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *