पोखरामा बिहानै नगरबसले स्कुटरलाई ठक्कर दियो, दीक्षाको निधन

पोखरा । पोखरामा बिहानै नगरबसको ठक्करले एक युवतीको मृत्यु भएको छ । चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बस चलाक प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरामा नगरबस निकै तीव्र गतिमा चलाउने र अव्यवस्थित रूपमा बिच सडकबाटै यात्रु ओह्राल्ने तथा चढाउने गर्दा जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *