कप्तान रोहितले जितको श्रेय दिए प्रशिक्षक माेन्टी देसाईलाई

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपालले हात पारेको जितको श्रेय प्रशिक्षक माेन्टी देसाईलाई दिएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरूद्ध बिहीबार ८ डिएल मेथडबाट ९ रनको जित निकालेपछि उनले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

लिग–२ अन्तर्गत नेपालले खेलेको १२ खेल मध्ये ११ खेलमा जित निकाल्नुमा प्रशिक्षक देसाईको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

युएईले जितका लागि दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले बराब सुरुवात गरेको भए पनि जित्ने विश्वास भने आफूहरुले नगुमाएको उनले बताए ।

‘लगातार विकेट गुमे पनि हामीले खेल जित्छौं भन्ने विश्वास थियो,’ उनले भने, ‘विकेट राम्रो थियो । मैदान पनि सानो भएकाले लक्ष्य पार गर्ने विश्वास थियो ।’

यो जितसँग नेपाल लिग २ को तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पगेको छ ।

‘माेन्टी सर आएपछि हाम्रो टिमको माहोल परिवर्तन भएको छ,’ उनले भने, ‘सबैजना सकारात्मक छन् । यो पछिल्लो जितको श्रेय माेन्टी सरलाई दिन चाहान्छु । माेन्टी सरले प्रत्येक खेलमा केन्द्रीत हुन र प्रत्येक दिन एक खेल र मैदानमा उत्रिएपछि एक बलमा केन्द्रीत हुन सिकाउनुभयो ।’

मौसमका कारण मैदानमा अँध्यारो भएपछि ४४ ओभर सकिँदा अम्पाएरले रेफ्रीले खेल रोकेका थिए ।

नेपाले भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *