युएईले नेपाललाई दियो ३११ रनको सर्वाधिक ठूलाे चुनाैती

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा युएईले नेपाललाई जितका लागि ३११ रनको लक्ष्य लिएको छ । युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो । टस जितेर व्याटिङ गरेको युएईले त्रिकोणात्मक एकदिवसीय रिजिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई सर्वाधिक ठूलो चुनौती दिएको हो ।

युएईका लागि आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए ।

वृत्य अरविन्दले १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रन बनाए ।
आसिफ खानले ४९ औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा लगातार चार छक्का प्रहार गरे । त्यसअघिको ओभरमा आसिफले लगातार दुई छक्का प्रहार गरे ।

नेपालका लागि ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौँ बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गरी पहिलो सफलता दिलाएका थिए ।

स्पिनर सन्दीप लामिछानेले १७ औँ ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गरे ।

युएईका वासिमले ४९ बलमा २ चौका र ६ छक्का बनाए ।

दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । सिपी रिजवानले ७ रन जोडे ।

दीपेन्द्रको २७ औँ ओभरको पहिलो बलमा आयन खान क्याच आउट भए ।

दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे ।

मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *