नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले लिए २ विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले पाँचौँ सफलता हासिल गरेको छ । नेपालका लागि पाँचौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिएका छन् ।

दीपेन्द्रले २० रन बनाएर खेलिरहेका युएईका रोहन मुस्तफालाई आउट गरेका हुन् । भने उनले यस अघि ३ रन बनाएर खेलिरहेका युएईका आयान अफ्जाल खानलाई आउट गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् भने एक विकेट रन आउटको रूपमा लिएको छ ।

यो समाचार तयार गरुन्जेल युएईले ४० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *