नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले लिए २ विकेट
२०७९ चैत २ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले पाँचौँ सफलता हासिल गरेको छ । नेपालका लागि पाँचौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिएका छन् ।
दीपेन्द्रले २० रन बनाएर खेलिरहेका युएईका रोहन मुस्तफालाई आउट गरेका हुन् । भने उनले यस अघि ३ रन बनाएर खेलिरहेका युएईका आयान अफ्जाल खानलाई आउट गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् भने एक विकेट रन आउटको रूपमा लिएको छ ।
यो समाचार तयार गरुन्जेल युएईले ४० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको छ ।
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








