ओकीनावानामा ज्यान गुमाएका आचार्यको परिवारलाई सहयोग

टोकियो । विगत लामो समयदेखि समाज सेवा गर्दै आएको राप्ती समाज जापानको पहलमा जापानको ओकीनावानामा ज्यान गुमाएका सन्देश आचार्यको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

केही समय पहिला विद्यार्थी भिसामा जापानको ओकीनावामा जापनिज भाषा पढ्दै गरेका दाङको भालुबाङ स्थायी घर भएका आचार्यको हृदयघातका कारण २१ वर्षको उमेरमा मृत्यु भएको थियो। छोटो समयका लागि आर्थिक अभियान शुरु गरी पाँच लाख तीन हजार दश जापानी येन मृतकको परिवारलाई सहयोग गरिएको हो ।

यस आर्थिक अभियानमा साथ दिएर सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई राप्ती समाज जापानका अध्यक्ष मनराज विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि हरेक सामाजिक क्रियाकलापमा सम्पूर्णको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =