त्रिवि क्रिकेट मैदानमा उर्लिए दर्शक (तस्बिरहरू)

काठमाडौँ । नेपाल र यूएईबीचको खेलमा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले भरिएको छ । नेपालले निर्णायक खेल खेलिरहँदा मैदान भित्र र बाहिर दर्शकहरू खचाखच छन् ।

नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् । नेपाली क्रिकेटरको हौसला बढाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत कीर्तिपुर पुगेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्विट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *