नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले चौथो सफलता हासिल गरेको छ । नेपालका लागि चौथो विकेट दीपेन्द्र सिंह ऐरीले लिएका छन् ।

दीपेन्द्रले ३ रन बनाएर खेलिरहेका युएईका आयान अफ्जाल खानलाई आउट गरेका हुन् ।  नेपालका लागि यसअघि सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् भने एक विकेट रन आउटको रूपमा लिएको छ ।

यो समाचार तयार गरुन्जेल युएईले २७.२ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *