दीपक मनाङेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

पोखरा । गण्डकीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको सांसद पद खारेजीका लागि सर्वोच्चमा रिट परेको छ । बुधबार उक्त रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै रिट दर्ता भएको हो ।

यो अवस्थामा मनाङे सांसद हुन अयोग्य हुने रिटमा उल्लेख छ । बुधबार संवैधानिक इजलासले पूर्ण सुनुवाइकै क्रममा निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतले जनाएको छ । उनको रिटमाथि ७ दिनभित्र लिखित जवाफ माग गरिएको छ ।

पाटन अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा कुनै निवेदन वा पुनरावेदन परे/नपरेको मिसिल समेत राखेर पेश गर्न भनिएको छ । जिल्ला अदालतबाट भएको फैसला बमोजिम गुरुङले सजाय पूरा गरेका छन् । तर पाटन अदालतले ५ वर्ष कैद सजाएँ सुनाएको र त्यो उनले भुक्तान गर्न बाँकी रहेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *