नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड टियू मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टियू मैदान पुगेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध निर्णायक खेल खेल्न लागेको नेपाली टोलीलाई हौसला दिन उनी मैदान पुगेका हुन् ।

प्रचण्ड खेलको प्रमुख अतिथि बनेर टियु मैदान पुगे । आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । युएईका कप्तान मोहमद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

युएई शीर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्त्व देखिँदैन तर नेपालका लागि लागि भने यो खेल जित्नै पर्ने अवस्था रहेको छ । नेपालले युएईलाई पराजित गरेर विश्वकप क्वालिफायरमा सिधै छनौट हुने अवसर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *