युएईलाई पिएनजीले दियो २३५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको एक दिवसीय खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएइलाई जितका लागि २३५ रनका चुनौती दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले पुरै ५० ओभर खेल्दा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको छ ।

पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६ चौका र १ छक्काको सहयोगमा ६५ रन बनाए ।

नर्मन भानुवाले अविजित ४९ रन बना जोडे । चार्ल्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन जोडे । गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले ३३ रन बनाए ।

त्यस्तै, युएईका लागि हर्जत बिलालले ४, जावर फरिद र रोहन मुस्ताफाले समान १–१ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *